Trending :
 

प्रभुु क्यापिटल र समृद्धि क्यापिटल लिमिटेड गाभ्ने सहमति

पौष ०३,२०७६

-

पुस ३,२०७६ काठमाडौं ।
प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड गाभिने भएका छन् ।
 
नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त दुई लिमिटेड एक आपसमा गाभेर कारोबार गर्ने समझदारी भएको हो ।
 
समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका छन् ।
 
मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको छ । मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।
हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ पुगेको छ ।
 
कार्यक्रममा प्रभु बैक लिमिटेडका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु श्री रमेश सिंह खडका, श्री अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक÷प्रबद्र्घकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक÷प्रबद्र्घकहरुहरुको उपस्थिती थियो ।