जेठ ३१,२०७४
-
जेठ ३१ –
इंगल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको प्रथम सेमिफाइनलमा आज(बुधबार) आयोजक इंगल्यान्ड र पाकिस्तान भिड्दैछन् ।
कार्डिफको सोफिया गार्डेनमा आज हुने खेल निकै रोमान्चक रहनेछ । च्याम्पियन्स ट्रफी क्रिकेटमा समुह ‘ए’को विजेता रहेको इंगल्याण्ड अपराजित यात्रा गर्दै सेमिफाइनलमा पुगेको हो । इंगल्याण्डले समुह ‘ए’मा रहेका बंगलादेश, न्युजिल्यान्ड र अस्ट्रेलियालाई हराउदै अपराजित यात्रा तय गरेको हो ।
कम्जोर प्रदर्शन गरेको पाकिस्तान भने अपत्यारिलो ढंगले साउथ अफ्रीका र श्रीलंकालाई हराउदै सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा रहेको पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तानको लागि खेलाडिहरुको गतिशील बलिंग नै आज उनीहरुको लागि प्रमुख विशेषता रहनेछ तर इंगल्याण्डका ब्याट्सम्यानहरुका अघि उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार