पिपीएलः चितवनद्धारा बुटवल ब्लास्टस ११९ रनले पराजित
-
पुस ३,२०७६ काठमाडौं ।
पोखरा प्रिमियर लिग (पिपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।
चितवनका शुरुआती ब्याटस्म्यान रोहन र पारस दुवैले अर्धशतक पूरा गर्दै टोलीका लागि उत्कृष्ट शुरुआत गरेका थिए । रोहनले ५६ बल सामना गरी ७० रन बनाए भने पारसले ४० बलमा ६३ रन जोडे ।
त्यसैगरी चौथो क्रममा ब्याटिङमा आएका आरिफ शेखले १९ बलमा ४० रन जोडे ।
। चितवनले निर्धारित पूरै ओभर खेल्दै तीन विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो ।
जितका लागि २०४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बुटवल १८ दशमलव चार ओभरमा ८४ रन जोडेर अल आउट हुन पुग्यो ।
बुटबलका अफ्ताबुद्दिन अहमदले दुई र अविनाश बोहोराले एक विकेट लिए ।
। बुटवलका शिभम् सिंहले ३३ बलमा ३३ रन बनाए भने भीम सार्कीले २१ बलमा २१ तथा हरि चौहानले २० बलमा १२ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन् ।
बिशिबारको जितसँगै दुई खेल खेलेको चितवन चार अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा सहभागी अन्य पाँच टोलीको समान दुई अङ्क रहेको छ । यद्यपि काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टनले तीन खेल खेलिसकेका छन् भने अन्यले दुई खेल खेलेका छन् ।