Trending :
 

मुसर्रफलाई ५ पटकसम्म फाँसी दिन सकिने फैसला सार्वजनिक

पौष ०४,२०७६

-

पुस ४,२०७६ काठमाडौं ।
पाकिस्तानको विशेष अदालतले पूर्वसैनिक प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
 
१६९ पृष्ठ लामो फैसलाको पूर्णपाठमा मुसर्रफलाई ५ पटकसम्म फाँसी दिन सकिने लगायतका विषय छन्। मुसर्रफलाई तीनवटा देशद्रोहका मुद्दासहित ५ वटा मामिलामा दोषी ठहराइएको छ।
 
७६ वर्षीय पूर्वसैनिक शासक मुसर्रफ अहिले दुबईमा उपचारमा छन् । यदि मृत्युदण्ड पहिले नै मृत्यु भएमा उनको शवलाई डी–चोक ९डेमोक्रेसी चोक० मा ल्याएर तीन दिनसम्म झुण्ड्याउन पनि अदालतले आदेश दिएको छ।
 
विशेष अदालतका तीन जना न्यायाधीशको बेन्चमा २-१ को बहुमतले मुसर्रफलाई देशद्रोह र संविधान उल्लंघनमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।
 
न्यायाधीश वकार सेठ र शाहिद करिम प्राप्त प्रमाणका आधारमा मुसर्रफ दोषी ठहर भएकाले मृत्युदण्ड दिनुपर्ने निर्णयमा पुगेका हुन्। न्यायाधीश नजर अकबरले भने यो निर्णयमा नोट अफ् डिसेन्ट लेखाएका थिए।
 
मुसर्रफले भने प्रतिशोधका कारण आफूलाई गलत सजाए सुनाइएको प्रतिक्रिया दिएका छन्। अस्पतालको ओछ्यानबाटै एउटा भिडियो सन्देश जारी गर्दै उनले भने, मेरा विरुद्धमा नियोजित रूपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा प्रस्ट रूपमा व्यक्तिगत प्रतिशोध देखिन्छ।
 
मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया थाल्ने बताएका छन्। त्यसका लागि आफ्नो कानुनी सल्लाहकारको टोलीले गृहकार्य गरिरहेको उनको भनाइ छ।