मलेसियाले श्रमिकको पारिश्रमिक बढाउने

पौष ०४,२०७६

-

पुस ४,२०७६ काठमाडौं ।
 मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक बृद्धि गर्ने भएको हो ।
 
मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ । तलव बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार रुपैयाँ हुनेछ ।
 
अहिले मलेसियामा काम गर्ने कामदारको न्यूनतम तलब ११ सय रिंगेट छ । मलेसियाको वर्तमान गठबन्धन सरकार आउनु अघिको निर्वाचनका क्रममा हालको सत्तारुढ गठबन्धनले मजदुरहरुको न्यूनतम तलब १५ सय रिंगिट बनाउने प्रतिबद्धता जनाएको थियो ।
 
मलेसियाली सञ्चार माध्यम द सन दैनिकमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरमा कार्यरत श्रमिकलाई एकै पटक न्यूनतम पारिश्रमिक लागू गर्ने जनाइएको छ ।
 
मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइला पुग्ने छ । अब जनवरीदेखि मलेसियामा काम गर्ने सबैको तलब वृद्धि हुनेछ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुक हो ।