Trending :
 

दुई देशको व्यापार बृद्धिमा नेपालको साँगुरो सडक नै बाधकः चीनीया राजदुत

पौष ०४,२०७६

-

पुस ४,२०७६ काठमाडौं ।
नेपाल-चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुले नेपालका लागि चीनीया राजदुत होउ याङछीसंग भेटेर दुई देश वीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।
 
भेटघाटमा नेपालका लागि चीनीया राजदुत याङछीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको बताईन् ।
 
उनले दुई देश बीचको व्यापार बृद्धिमा नेपाल तर्फको साँगुरो सडक नै वाधक बनेको बताईन ।
 
दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको बताईन् ।
 
अबका दिनहरुमा दुई देशबीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिने राजदुत याङछीको भनाई छ ।
 
संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीच विद्यमान व्यापारिक संभावना र समस्याहरु बारे जानकारी दिएका गराएका थिए ।
 
नेपालमा स्थायी सरकार रहेको र लगानीमैत्री वातावरण वन्दै गइरहेको हुँदा चीनीया लगानीकर्ताहरुलाई नेपालका संभावित क्षेत्रमा लगानी ल्याउन पहल गर्न पनि आग्रह गरे ।