Trending :
 

भारतमा नागरिकता कानुनको विरोधःप्रहरीको गोली लागेर १३ जनाको मृत्यु

पौष ०५,२०७६

-

पुस ५, २०७६काठमाडौं ।
भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
 
सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा शुक्रबार थप ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
प्रहरी धरपकडमा ३२ जना घाइते भएका छन । दिल्ली, उत्तरप्रदेश लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन जारी छ ।