जेठ ३१,२०७४
-विविसी
जेठ ३१ -
लन्डनको 'टावर ब्लक'मा भएको भीषण आगलागीमा कैयौँ मानिसहरुले ज्यान गुमाएका छन्।
कम्तीमा ५० जना मानिसहरुलाई अस्पताल लगिएको बताइएको छ।
ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा भएको आगलागीमा ज्यान जोगाएका व्यक्तिहरुले त्यहाँ फसेका मानिसहरुले मद्दतको लागि आग्रह गर्दै चिच्याएको र केहीले आफ्ना साना केटाकेटीलाई लिएर झ्यालतर्फ अघि बढेको अनि माथिल्ला तलाहरुबाट हाम फालेको देखेको जानकारी दिएका छन्।
अधिकारीहरुले मंगलबार बिहानीको समयमा आगलागी हुँदा उक्त भवनमा करिब ६ सय मानिसहरु रहेको बताएका छन्।
आगलागी नियन्त्रणका लागि झण्डै दुईसय अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो।
आगोले क्षतविक्षत भएको उक्त टावर अझै ठडिएकै अवस्थामा छ तर त्यो ढल्नसक्ने चिन्ताहरु व्यक्त भएका छन्।
आगलागीको कारण अझै थाहा भइसकेको छैन्।
प्रमुख समाचार
सम्वन्धित समाचार