प्रदेश ५ मा सर्वाधिक धनराशिको लाफा ब्याडमिन्टन प्रतियोगिता शुरु
-
पुस ६,२०७६ काठमाडौं ।
लाफा समूहको आयोजनामा प्रदेश नं ५ को सबैभन्दा धेरै पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु भएको छ ।
शनिबार सुरु भएको प्रतियोगितामा खुलातर्फ ८० र भेट्रानतर्फ ३२ टोलीको सहभागिता छ ।
खुलातर्फ उपाधि विजेता टोलीले नगद रु ५१ हजार १११, दोस्रो टोलीले नगद रु ४१ हजार १११ तथा तेस्रो टोलीले नगद रु ३१ हजार १११ नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता टोलीले नगद रु २१ हजार १११, द्वितीय टोलीले नगद रु १५ हजार १११ तथा तृतीय टोलीले नगद रु १० हजार १११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारासिंह रेश्मीले बताए । रासस