Trending :
 

लेखनाथ महोत्सवः लठ्यायो डाँडाको नाकैले

पौष ०६,२०७६

-

पुस ६,२०७६ काठमाडौं ।
चिसो मौसममा पारिलो घाम ।  खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल ।  हिउँदको समय ।  गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई  छैन । 
 लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको लेखनाथ महोत्सव स्थानीयवासीको आकर्षण बनेको छ ।  
 
भिन्न भिन्न कला  सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ । एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण महोत्सवस्थल भरिभराउ हुने गरेको छ । 
महोत्सवमा हाँस्य कलाकारको प्रस्तुतिदेखि गीत, नृत्य आदिले सहभागीलाई लठ्याएको छ नै, व्यापारिक  प्रदर्शनी कक्षमा  किनमेल गर्नेको भीडभाड देखिन्छ ।
 
महोत्सवको तेस्रो दिन शनिबारसमेत परेकाले दिनैभर महोत्सवस्थल खचाखच भरिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।
१५ वर्षअघि सुन्तला महोत्सवबाट शुरु भएको महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उनको भनाई छ ।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने  विश्वास गरिएको छ । 
महोत्सवमा सामान्यत मनोरञ्जन लिन, सरसमान किन्नका साथै आफ्ना सहपाठी, इष्टमित्र र साथी दामलीलाई भेट्न पाइने लक्ष्यका साथ दर्शक आउने गरेको छन् ।  
 
प्रदर्शनी कक्ष नं ११२ मा किवीको स्टल राखेका दोलखा जिरीका पासाङतेन्जी शेर्पाले दर्शकको उपस्थितिले आफूहरूको व्यापार पनि बढेको बताए ।
रासस