Trending :
 

क्लब विश्वकप फुटबलको उपाधि पहिलो पटक लिभरपूलले जित्यो

पौष ०६,२०७६

-

पुस ६,२०७६ काठमाडौं ।
इंग्लीश प्रिमियर क्लब लिभरपूलले यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
 
कतारको दोहामा गएराति भएको फाइनल खेलमा ब्राजिलियन फुटबल क्लब फ्लेमेङ्गोलाई १-० ले हराउँदै लिभरपुलले उपाधि उचालेको हो ।
 
खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी रोवर्टो फर्मीनोले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धाारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
 
लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको यो पहिलो अवसर हो । गत सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल जितेबापत लिभरपुलले क्लब विश्वकप खेल्न पाएको हो ।
 
हरेक वर्ष आयोजना हुने क्लब विश्वकप फुटबलमा फिफाका विभिन्न ६ वटा क्षेत्रीय महासंघका क्लब च्याम्पियनहरुले सहभागिता जनाउने गरेका छन् । एजेन्सी