चिनका ४ सहरहरुमा क्रिसमस नमनाउन निर्देशन
-
पुस ८,२०७६ काठमाडौं।
चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् ।
समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।
यसलाई राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ ।
दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ ।
लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगन समेत हटाउन लगाइएको ‘साउन चाइना मर्निङ पोस्ट’ ले लेखेको छ ।
हुनान प्रान्तमा केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको र विश्वविद्यालयका विद्यार्थीलाई क्रिसमस नमाउने कोड अफ कन्डक्टमा हस्ताक्षर गर्न लगाइएको पनि समाचारमा जनाइएको छ ।
लाङफाङका अधिकारले जारी गरेको सुचनामा भनिएको छ ‘कुनै पनि मानिसलाई क्रिसमस ट्री, टोपी र लुगा तथा सान्टा क्लजका मूर्ति बेचिरहेको भेटिएमा कारबाही गरिनेछ ।
पसलहरुलाई क्रिसमसका नाममा कुनै पनि गतिविधि नगर्न, सजावट नगर्न र सामानमा छुट नदिन पनि निर्देशन दिइन्छ ।’
युनान प्रान्तको कुन्मिङ, क्वान्चाउ तथा हिवेइ प्रान्तको फुपिङ काउन्टीमा पनि यस्तै खाले प्रतिबन्धहरु लगाइएका छन् ।
संसारकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा क्रिश्चियन धर्म मान्नेको संख्या खासै ठूलो छैन ।
धेरै एसियन मुलुकहरुमा जस्तै यहाँ पनि क्रिसमसको छुट्टी हुँदैन । तर, क्रिसमसको समयमा रमाइलो गर्ने, सांस्कृतिक पर्वका रुपमा यसलाई मनाउने युवाको संख्या ठूलो छ ।
चीनको केन्द्र सरकारले भने क्रिसमस नमनाउनेबारे कुनै निर्देशन नदिएको समाचारहरुमा जनाइएको छ ।
तर, पार्टीका स्थानीय कमिटीहरुले यस्ता निर्देशन जारी गरेका छन् ।
क्रिसमसजस्ता विदेशी सांस्कृतिक धार्मिक पर्वलाई चिनले बन्देज गर्न लागेको जनाएको छ । एजेन्सीहरको सहयोगमा