Trending :
 

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच छुट सम्बन्धि सम्झौता

पौष ०९,२०७६

-

सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
 
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । 
 
सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।
 
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन् ।