Trending :
 

पाकिस्तान अमेरिकाको कालोसूचीमा

पौष ०९,२०७६

-

पुस ९,२०७६ काठमाडौं ।
अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ ।
 
जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ ।
 
अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ ।
 
पाकिस्तानले यसप्रति कडा आपत्ति जनाएको छ । अमेरिकाले पक्षपाती रवैया अपनाएको पाकिस्तानको आरोप छ । 
 
पाकिस्तान विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुकीले विज्ञप्ति जारी गर्दै भनेकी छन, ‘अमेरिकी यो कदम यथार्थतासँग मेल खाँदैन ।
 
भारतमा अल्पसंख्यकलाई प्रताडित गरिन्छ, तर भारतलाई अमेरिकाले सूचीमा राखेको छैन । पूरै प्रक्रिया एकतर्फी र भेदभावपूर्ण छ ।’
 
उनले भनेकी छन्, ‘कश्मीरमा महिनौंदेखि मानिसहरुलाई कैद गरेर राखिएको छ । 
 
हालै धर्मको आधारमा नागरिकता दिने कानून बनाइएको छ, तर पनि भारतलाई अमेरिकाले सामेल गरेको छैन ।’
 
अमेरिकाको सूची नै अविश्वसनीय रहेको पाकिस्तानको भनाइ छ ।
पाकिस्तान धार्मिक बहुल मुलुक हो र सबै धर्मावलम्बीले आफ्नो–आफ्नो धर्मको पालना गर्ने संवैधानिक स्वतन्त्रता छ ।
भारत भने धार्मिक स्वतन्त्रतालाई नकार्ने सबैभन्दा ठूलो देश हो । तर, भारतलाई कालो सूचीमा नराखिनुले शंकास्पद छ ।’
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिट्रिया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि परेका छन् ।
यी देशहरुलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो । यसपटक सुडान भने कालो सूचीमा परेको छैन ।