ओराली लागेको हरिणको चाल भो...!

गायक रामकृष्ण ढकाल दम्पतीले सम्बन्धविच्छेद गरे

पौष ०९,२०७६

-

पुस ९,२०७६ काठमाडौं ।
गायक रामकृष्ण ढकाल दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेदको सहमति भएको हो ।
 
ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी सहमति गरेका छन् । 
 
ढकाल दम्पत्तिको एउटी छोरी छन्, सम्बन्धविच्छेद पछि छोरी आमासँगै रहने समझदारी समेत भएको छ ।