Trending :
 

विश्वक्रान्तिका महानायक माओको आज जन्मजयन्ती

पौष १०,२०७६

-

पुस १०,२०७६ काठमाडौं ।
आज डिसेम्बर २६ । आजैको दिन महान् क्रान्ति नायक माओ त्से तुङको हुनान प्रान्तको साओसानमा एक किसान परिवारमा जन्म भएको थियो । 
 
विश्वक्रान्तिका महानायक, जसले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी सिद्धान्तलाई अन्धनक्कल गरेर हैन, आफ्नै मौलिकता र विशिष्टताको आधारमा त्यसलाई विकास गरेर चीनमा महान् जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरे ।
 
यही कारण उनलाई विश्वमा माक्र्सवादका सबैभन्दा महान् प्रतिपादकहरुमध्येका एक मानिन्छ । चीनको कम्युनिष्ट पार्टीका नेता तथा पिपुल्स रिपब्लिकका निर्माताको जन्म एउटा सम्पन्न परिवारमा भएको थियो । 
 
तर सम्पन्न परिवारमा जन्मिएका तिनै माओले चीनका करोडौं भोका, नांगा र विपन्न जनताको पक्षमा शोषण, अन्याय र अत्याचारका विरुद्धमा लालझण्डा उठाएर क्राीन्तको नेतृत्व गरे । 
 
उनले चिनियाँ जनतालाई मुक्तिको मार्गमा हेल्ने महान् जनवादी क्रान्तिको नेतृत्व गर्दै त्यसलाई सफलतापूव्क सम्पन्न गरे ।
 
तिनै महान् क्रान्तिकारी नेता तथा विश्वक्रान्तिका नायक माओ जन्मजयन्तीको अवसर पारेर चिन लगायतका देशहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।