Trending :
 

क्रिसमस पर्व मनाउने क्रममा हन्डुरसमा १३ जनाको मृत्यु !

पौष १०,२०७६

-

ईसाई धर्मावलम्बीको मुख्य  क्रिसमस मनाउने क्रममा मध्य अमेरिकी मुलुक हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
 
मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी १३ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ ।
 
सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिए ।
 
यी दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको कार्लोसले बताए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।