Trending :
 

काजकिस्तानमा एक सय जना सवार विमान घरमा ठोकिँदा १४ जनाको मृत्यु

पौष ११,२०७६

-

पुस ११,२०७६ काठमाडौं ।
काजकिस्तानमा एक सय जना सवार विमान दुर्घटनाहुँदा १४ जनाको मृत्यु भएको छ ।
 
शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडान भरेको केही समयमा नै बेक एयरको विमान दुईतले घरमा धसिन पुगेको हवाई अड्डाका अधिकारीहरुले जनाएका छन् ।
 
अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य घाईतेहरुलाई बाहिर निकालिएको छ ।
 
विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नूरसुल्तान जाँदै थियो ।
 
विमानस्थलका अनुसार विमानमा ९५ यात्रु र चालक दलका पाँच सदस्य थिए ।
 
दुई तले घरमा ठोकिनु अघि स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा विमानले नियन्त्रण गुमाएकोे बीबीसीले जनाएको छ ।