सेञ्चुरी बैंक र ब्लु क्रस अस्पतालबीच सुविधा छुट दिने सम्बन्धी सम्झौता
-
पुस १३, २०७६ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान,अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पतालप्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।