Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

ग्रेनफेल टावरको ९ औं तलाबाट फालिएको बच्चा भुईमा रहेका व्यक्तिले समाई ज्यान जोगाए

आषाढ ०१,२०७४

-एजेन्सी

 १ असार-

केही मानिसले आगलागीलगत्तै भागेर ज्यान बचाएका छन् भने केहीले बच्चा झ्यालबाट फालेर आफू भागेका थिए । एक प्रत्यक्षदर्शीले कसैले जलिरहेको भवनबाट फालेको बच्चा बाहिर रहेका एक व्यक्तिले समातेको जनाएका छन् ।

तल उभिएका एक प्रत्यक्षदर्शी समीरा लामरानीले भवनको नवौं या १० औं तलाबाट एक महिलाले आफ्नो बच्चा फाल्न इशारा गरेको र एक व्यक्तिले उनले फालेको बच्चा तल भुईमा खस्न नपाउँदै समातेको बताएकी छन् ।