अन्तराष्ट्रिय प्रसङ्ग
चैत्र १३,२०७३
-
१३,२०७३चैत्र,काठमाडौँ-
बंगलादेशको उत्तरपूर्वी शहर सिलहटमा आइतबार दुईवटा आत्मघाती बम बिस्फोटमा परी ६ जनाको ज्यान गएको छ | विस्फोटमा परी अन्य ४० जना भन्दा बढी घाइते भएका छन् | सिलहटका प्रहरी प्रवक्ता जेदान अल मुसालेका अनुसार ‘विस्फोटमा परी घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर छ |’ घाइते हुनेहरु मध्ये करिब एक दर्जन सैनिक प्रहरीहरु रहेका छन् |’
आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको बंगलादेश प्रहरीले जनाएको छ |
बंगलादेश प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी अमाकले जनाएअनुसार, विस्फोट भएको स्थान नजिकैसंदिग्ध चरमपन्थी र सेनाको कमाण्डोबीच संघर्ष जारी छ | पछिल्लो केही दिनदेखि सिलहटमा चरमपन्थीविरुद्ध सेनाको कारबाही चलिरहेको छ |
सुरक्षाकर्मीले दुई दिनदेखि सिलहटको दक्षिणतर्फ पर्ने सुरमा इलाकाको पाँचतले भवनमा घेराबन्दी गरिरहेको थियो |
प्रमुख समाचार
सम्वन्धित समाचार