Trending :
 

एन आई सी एशिया बैंक र तिनाउ इन्टरनेशनलबीच सुविधा सम्बन्धी सम्झौता

पौष १७,२०७६

-

पुस १७,२०७६ काठमाडौँ
एन आई सी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबिच छुट सम्बन्धी सम्झौता भएको छ ।
 
एन आई सी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 
 
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ बैंकका प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।