Trending :
 

एन आई सी एशिया बैंक र Visa को सहकार्यमा क्यास व्याक अफर

पौष १७,२०७६

-

पुस १७,२०७६ काठमाडौँ ।
 
एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट ग्राहकलाई नयाँ बर्ष २०२० को अवसरमा Visa कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम  १५ सय रुपैयाँसम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।
 
उक्त अफर ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म रहने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
 
क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड ग्राहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम पाँच तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।
 
उक्त योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।