Trending :
 

राष्ट्र बैंकले १० करोडको टे«जरी बिल बिक्री गर्ने

पौष १८,२०७६

-

नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा टे«जरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । 
 
सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः टे«जरी बिल बिक्री गर्ने भएको छ ।
 
 बैंकका अनुसार कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।