Trending :
 

चिनमा कुकुर पाल्नका लागि अब लाइसेन्स अनिवार्य

आषाढ ०१,२०७४

-

असार १ -

चिनियाँ सरकारले कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य हुनुपर्ने नियम लागु गर्ने भएको छ । लाइसेन्स प्राप्त गर्नका लागि दर्ता गराउनुपर्ने र दर्ता शुल्क वापत ३८ सय लाग्ने छ ।  तर कुकुरका प्रजाती अनुसार भिन्न भिन्न शुल्क लाग्ने छ।

नियमअनुसार एक घरमा एउटा मात्र कुकुर पाल्न पाइने छ । एक घरमा एक भन्दा बढी कुकुर पालेको पाइएमा जरिवाना समेत गरिने व्यवस्था रहेको छ । चीनको किंगाओ शहरमा वान डग पोलिसीको घोषणा भइसकेको  किंगाओ पब्लिक सेक्रेटरी ब्युरोका अफिसर झाओ जुनले बताए । चीनमा एक भन्दा बढी कुकुरहरू पाल्ने चलनले गर्दा सामाजिक समस्याहरू बढेको र त्यसले विकराल रूप समेत लिएको उनले बताए । 

कुकुरको घाँटीका लगाएको एक विद्युतीय यन्त्रको सहायताले कुकुर हराएमा समेत भेटाउन सकिने जानकारी सञ्चार माध्यमहरूले बताएका छन् । कुकुर पाल्नका लागि लाइसेन्स वितरणको कार्य त्यहाँका विभिन्न ३० अस्पतालहरूलाई दिइएको छ। 

विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विश्लेषकहरूको सल्लाहका आधारमा यस्तो नीति बनाइएको सरकारको दाबी छ । ६ महिना भन्दा बढी लाइसेन्स नलिई कुकुर पालेका व्यक्तिलाई  दण्ड जरिवाना गरिनेछ।