Trending :
 

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको ७५ हजार ५ सय

पौष २०,२०७६

-

पुस २०,२०७६ काठमाडौं ।
 
अमेरिका र इरानबीच बढ्दो तनावका बीच सुनको भाउ पनि बढेको छ । आइतबार नेपाली बजारमा छापावाल सुन तोलाको ७५ हजार ५ सय पुगेको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।
 
यसअघि भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो। त्यसपछि स्थिर रहेको सुनको भाउ मंगलबार ७३ हजार ५ सय नै पुगेको थियो। 
 
बिहीबार फेरि छापावाल सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ७४ हजार ५ सयमा कारोबार भएको थियो।
 
त्यस्तै तेजाबी सुन आइतबार तोलाको ७५ हजार २ सय रुपैयाँ पुगेको छ। शुक्रबार तेजाबी सुनको तोलाको ७४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
 
शुक्रबार चाँदीको पनि १० रुपैयाँ प्रतितोला बढेर ९ सय रुपैयाँ पुगेको छ।