Trending :
 

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा

पौष २२,२०७६

-

 
मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले उनले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 
 
उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखा का शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा  भुक्तानी साँवा र ब्याज बापतको रकम फिर्ता गरेका हुन् ।
 
थापा मगरको ५४ हजार २ सय ७८ रुपैयाँ र काज किरिया खर्च पाँच हजार गरी ५९ हजार २ सय ७८ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
 
तिर्न बाँकी रहेको कर्जा दुई लाख एघार हजार चार सय चालिस रुपैयाँ समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।