Trending :
 

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटल बीच छुट सम्बन्धि सम्झौता

पौष २२,२०७६

-

 
सेञ्चुरी कमर्सियल बैंक र भैसिपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
 
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
 
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।