आषाढ ०१,२०७४
-
असार १ - बलिउडमा आजभोलि बायोपिकको मौसम चलिरहेको छ । सेलिब्रेटीहरु बायोपिकमा आफूलाई परीक्षण गरिरहेका छन् । हालै सचिन तेन्दुलकरको बायोपिकपछि अब योग गुरु बाबा रामदेवको बायोपिक आउने भएको छ । बायोपिकको होडबाजी चलिरहदाअजय देवनग चाँडै नै चलचित्र निर्माता अभिनव शुक्लासँग मिलेर बाबा रामदेवको जीवनीमा आधारित बायोपिक बनाउन गइरहेका छन् । एउटा अंग्रेजी पत्रिकालाई उद्धृत गर्दै आजतकले जनाएअनुसार यो बायोपिक फिल्म नभएर एउटा टेलिभिजन शो हुनेछ, जसको नाम ‘स्वामी बाबा रामदेवः द अनटोल्ड स्टोरी’ यसमा रामदेवका पार्टनर बालकृष्णको जीवनसँग जोडिएका केही कथा पनि देख्न पाइनेछ । खबरका अनुसार सिरिजको सुटिङ यो वर्षको अन्तिमसम्ममा सुरु हुनेछ । यो सिरिज अघि अजयले ‘सन अफ सरदार’, ‘सिंघम रिटन्र्स’ र ‘शिवाय’ निर्माण गरी सकेका छन् । रामदेवको जन्म २५ डिसेम्बर सन् १९६५ मा हरियाणाको एउटा सानो गाउँमा भएको थियो । रामदेवको वास्तविक नाम स्वामी शंकर देव थियो । तर सन्यास लिएपछि उनले आफ्नो नाम परिवर्तन गरेर रामदेव राखे ।
प्रमुख समाचार