Trending :
 

सेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपुर्णबीच छुट सम्बन्धि सम्झौता

पौष २३,२०७६

-

पुस २३,२०७६ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । 
 
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो । 
 
सम्झौता अनुसार बैंैकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् । 
 
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।