Trending :
 

मुक्तिनाथ र एनआईबिएलबीच फण्ड खरिद विक्रि सम्बन्धी सम्झौता

पौष २३,२०७६

-

पुस २३,२०७६ काठमाडौं ।
मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
 
उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । 
 
सम्झौता पश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन ।