अमिर दोङ अभिनित ’नेमान जेबा ए’ बोलको गीत बजारमा
-
पुस २३,२०७६ काठमाडौं ।
तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ’नेमान ज्याबा ए’ बोलको गीत बजारमा आएको छ ।
समुदायका महानायकको उपनामले परिचित दोङको फरक लुक्स भिडियोमा देख्न सकिन्छ ।
तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ’सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले एक हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन ।
गीतमा शब्द, सङ्गित,एरेन्ज र स्वर प्रयास दोङको रहेको छ भने गायिका जितु लोप्चनले स्वरमा साथ दिएका छन ।
भिडियोमा सम्पादन,कोरियोग्राफ, निर्देशन र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने सुचना थोकरलाई अभिनयमा एकसाथ देख्न सकिन्छ ।
भिडियोलाई छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन ।
भिडियो हेर्नुहोस-