ईपीएल खेल्ने १७ विदेशी खेलाडीको नाम सार्वजनिक (नामसहित)
-
पुस २३, २०७६ काठमाडौं ।
काठमाडौं-एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने १७ विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ ।
विदेशी खेलाडीका लागि नयाँ प्रावधान बनाइएसँगै ईपीएलको अफिसियल साइटमा २०२० मा खेल्ने विदेशी खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
दक्षिण अफ्रिकाका रिचर्ड लेभिसहित अहिलेसम्म १७ जना खेलाडीको नाम सार्वजनिक भएको हो ।
अफ्रिकासँगै टेष्ट राष्ट वेष्ट इन्डिजका दुई जना खेलाडी डायन स्मिथ र केसरिक विलियम्स पनि छन् ।
अफगानस्तानका मोहमद सेहजाद छन् भने श्रीलंकाका सेक्युज प्रसान्ने र उपुल थरांगा छन् ।
इङ्ग्ल्यान्डबाट भने तीन जना खेलाडीले खेल्ने पक्का भएको छ । लियम पुलिकेट, पाउल कोउलिन, जोन सिमसन यो सिजनको ईपीएलमा खेल्ने छन् ।
यस्तै, स्कटल्यान्डका कायल काइटजर, आयरल्यान्डका केभिन ओब्रायन र पाउल स्ट्रलिङ, नेदरल्यान्डका पाउल भान मेकेरन र रायन टेन डोसचाटे, हंङकङका बाबर हायत र युएईका रोहन मुस्तफा छन् ।
यी मध्ये सात जना खेलाडीले कुन टिमबाट खेल्ने पक्का भइसकेको छैन ।
यसमध्ये सबैभन्दा धेरै पोखरा राइनोजले कायल काइटजर, पाउल कोलिन, रिचर्ड लेभिलाई भित्र्याएको छ ।
यस्तै, काठमाडौं किङ्स ११ ले रोहन मुस्तफा र केभिन ओब्रायनलाई भित्र्याउँने भएको छ भने विराटनगर वारियर्सले पाल भान मेकेरन र बाबर हायतलाई ल्याउने छ ।
यस्तै, चितवन टाइगर्सले जोन सिमसन र पाउल स्ट्रलिङलाई टोलीमा आवद्ध गरेको छ भने भैरहवा ग्लाडियटर्सले रायन टेन टोसकाटेलाई टोलीमा आवद्ध गराएको छ ।