इरान-अमेरिका तनावले कच्चा तेल र सुनको मूल्यमा भारी बढोत्तरी
-
पुस २३,२०७६ काठमाडौं ।
इराकमा अमेरिकी सैन्य ठेगानामा इरानले मिसाइल हमला गरेसँगै कच्चा तेल र सुनको मूल्य बढेको छ ।
एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको हो छ भने योसँगै अब ६९.९४ डलर प्रति ब्यारलको स्तरमा पुगेको छ ।
मध्य पूर्वबाट तेलको सप्लाई बन्द हुने आशंकामा मूल्यबृद्धि भएको हो ।
भारतमा विशेषगरि मध्यपूर्वका देशबाट धेरै तेल आउने गरेको छ जसमा इराक पहिलो नम्बरमा रहेको छ ।
त्यसपछि साउदी अरब, ओमान र केवेत रहेका छन् । नेपालले भने भारतबाट तेलको आयात गर्दै आएको छ ।
योसँगै सुनको मूल्यपनि बढेको छ । सेयर बजारमा पनि नकारात्मक असर देखिएको छ ।
अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेसँगै इरानले इराकमा रहेको अमेरिकी दुई सैन्य अखडामा मिसाइल आक्रमण गरेको हो । यसलाई इरानले बदला लिएको बताएको छ । एजेन्सी