Trending :
 

च्याम्पियन्स ट्रफी उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

भारतद्वारा पाकिस्तान ९ विकेटले पराजित

आषाढ ०२,२०७४

-

असार २ -

इंगल्याण्डमा जारी च्याम्पिन्स ट्रफी क्रिकेट लगभग अनत्य तिर आइपुगेको छ । यसअघि च्याम्पिन्स ट्रफीको फाइनलमा पुगिसकेको पाकिस्तान र भारत फाइनलमा भिड्ने भएका छन् । बिहिबार भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो ।

रोहित शर्माले शतकको मद्धतमा डिफेन्डिण च्याम्पियन भारतले २ सय ६५ रनको लक्ष्य ४०.१ ओभरमा केवल १ विकेट गुमाएर पूरा गरेको हो ।

एड्ग्वास्टनमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो । बंगलादेशका ओपनर सौम्य सरकारबाहेक अन्य सबै ब्याट्सम्यानले भारतीय बलरविरुद्ध डटेर सामना गरे । ओपनर तमिल इक्वालले सर्वाधिक ७० रनको योगदान दिए । मुसफिकर रहिमले ६१ रन तथा मसरफे मोटाजाले ३० रन बनाए । इक्वालले ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । रहिमले ८४ बलमा ४ चौका ठोके । मोर्टाजाले २५ बलमा ५ चौका हिर्काए । बलिङमा भारतका लागि भुवनेश्वर कुमार, जसप्रित बुमराह र केदार जादवले २-२ विकेट लिए ।

जवाफमा भारतका तीनै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । ओपनर शिखर धवनले १ छक्का र ७ चौका प्रहार गरि ३४ बलमा ४६ रन जोडे । भारतले पहिलो विकेट ८७ रनमा गुमेको थियो । त्यसपछि कप्तान विराट कोहली र रोहितबीच दोस्रो विकेटका लागि १ सय ७८ रनको साझेदारी भयो । भारतका लागि रोहित शर्माले नटआउट १ सय २३ रन बनाए । यस्तै कप्तान विराट कोहली ९६ रनमा नटआउट रहे । रोहितले १ सय २९ बल खेल्दै १५ चौका र १ छक्कामा १२३ रन जोडे ।  ७८ बल खेलेको कोहलीले १३ चौका प्रहार गरे । बलिंगमा केवल बंगलादेशका कप्तान मोर्टाजाले शिखर धवनलाई आउट गरेका थिए ।

भारत र पाकिस्तानबीच अब आगामी आइतबार ओभलमा उपाधि भिडन्त हुनेछ ।

समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो । फाइनलमा पाकिस्तानलाई भारत विरुद्ध उक्त हारको बदला लिने अवसर मिलेको छ । पाकिस्तानले भारतलाई हराए पहिलो पटक च्याम्पियन बन्नेछ भने भारत विजयी भए सर्वाधिक ३ पटक उपाधि जित्नेछ ।