आषाढ ०२,२०७४
-
असार २ –
भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् ।
बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नुअघि उनले ७ हजार ९ सय १२ रन बनाएका थिए । बंगलादेशविरुद्ध ९६ रनमा नटआउट रहेका कोहलीले एकदिवसीय क्रिकेटमा ८ हजार ८ रन बनाएका छन् । उनले १ सय ८२ खेलमा १ सय ७४ इनिङ खेल्दै सो उपलब्धि हात पारेका हुन् ।
कोहलीले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् । दोस्रो स्थानमा रहेका डी भिल्लियर्सले ८ हजार रन पूरा गर्न एक सय ८२ इनिङ खेल्नु परेको थियो । यस्तै गांगुलीले दुई सय, तेन्दुल्करले दुई सय १० र लाराले दुई सय ११ इनिङमा ८ हजार रन पूरा गरेका थिए ।
कृतिमानी ८ हजार रन बनाउन कोहोलीले सात सय ४७ चौका र ८५ छक्का हानेका छन् । यस्तै उनले अहिलेसम्म एक दिवसीय क्रिकेटमा २७ पटक शतक तथा ४२ पटक अर्धशतक बनाएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार