३६ बर्षदेखी साङ्लोमा बाँधेर राखेका डिक बहादुर खडकाको उद्धार

पौष २५,२०७६

-

पुस २५,२०७६ काठमाडौं ।
३६ बर्षदेखी साङ्गलोमा बाँधेर राखेका इटहरी २० का ५३ बर्षीय डिक बहादुर खडकाको उद्धार गरीएको छ ।
 
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्यकर्मीको टोली लगेर उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेकी हुन् ।
 
मानसिक बिरामी रहेका खड्कालाई यस अघि उपचारको प्रयास गरेपनि खर्च अभावले संम्भव नभएपछि बाँधेर राखिएको परिवारले जनाएका छन् ।
 
उनि २०३६ सालमा लडेर बेहोस भएपछि मानसिक समस्या देखिएको थियो ।
 
खड्काको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । 
 
तत्काल खर्चका लागि उपमहानगरले १० हजार रुपैयाँ प्रदान गरिएको छ ।