चिसोले फलफूल खान छोड्नुभयो कि? चिसोमा जति फलफूल खायो उति स्वास्थ्यलाई फाइदा

पौष २६,२०७६

-

पुस २६, २०७६ काठमाडौं ।
 
हिजो आजको मौसम धेरै चिसो छ । चिसो समयमा फलफूल पनि चिसो नै हुने भएकाले धरैले खान रुचाउदैनन् । नेपाली समाजमा केही भ्रमहरू पनि छन् कि फलफूल खानेवित्तिकै चिसो लाग्छ ।
 
अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइने गरिन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ ।
 
 
गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ । यहाँ जाडो मौसममा छुटाउनै नहुने केही फलफूलबारे जानकारी दिइएको छ ।
 
सखरखण्ड भिटामीन एको महत्त्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ । आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं ।
 
हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भायरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । यो स्याउको मौसम हो, खानुहोस् स्याउ खाँदा रुघाखोकीबाट बच्न सकिन्छ ।
 
यस्तै मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले यो चिसोमा टन्न खानुहोस् मेवा । अंगुरले पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल चिल्लो घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो ।
 
केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ भने त्यो गलत हो । सर्दीबाट बच्नका लागि पनि केराको सेवान अनिवार्य छ । स्वास्थ्य सन्देशबाट