Trending :
 

आफ्ना बाबुलाई सत्ताच्यूत गराएका ओमनका सुल्तान काबसुको निधन,नयाँ राजाको खोजी

पौष २६,२०७६

-

पुस २६, २०७६ काठमाडौं ।
 
ओमनका सुल्तान काबुसको निधन भएको छ ।
 
केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो ।
 
७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो ।
 
सन् १९७० मा बेलायतको सहयोगमा सुल्ताsuनले आफ्ना बाबुलाई सत्ताच्यूत गराएका थिए ।
 
तेल बिक्री गरेर उनले ओमनलाई आर्थिक रुपमा सम्पनन गराएको बताइएको छ ।
 
अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ ।
 
सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गर्नुपर्छ ।
 
पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएको समाचारमा जनाइएको छ ।
 
ओमनमा कुल जनसंख्याको ४३ प्रतिशत विदेशी रहेको बताइएको छ । एजेन्सी