खुला राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफ क्लबले जित्यो

पौष २७,२०७६

-

पुस २७,२०७६ काठमाडौं ।
तेस्रो होङ्गान्जी न्युडायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आइतवार भएको फाइनल खेलमा एपीएफले आयोजक न्युडायमण्ड क्लबलाई ३-० को सोझो सेटमा हरायो ।
 
एपिएफले न्युडायमण्डमाथी २५-२०,२५-२३,२५-१८ को सहज जित निकाल्यो । गोंगबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाईनल खेलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिभा मालीले समान २६-२६ अंकको योगदान दिएका थिए ।
 
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद  २१ हजार १ सय १ रुपैया प्राप्त गरिन् ।  विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन् । 
 
पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन् । सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए ।  बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।
 
होङ्गान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजकमा संचालन भएको  प्रतियोगिताको उपाधि विजेता एपीएफले  ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपबिजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्यो । तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ ।