फिलिपिन्समा सुनामीको खतरा देखिएपछि ८ हजार मानिसलाई अन्यन्त्र सारियो

पौष २८,२०७६

-

पुस २८,२०७६ काठमाडौं ।
 
मनिला । फिलिपिन्समा ठूलो ज्वालामुखीको खतरा देखिएपछि ८ हजार मानिसलाई ताल ज्वालामुखीको आसपासबाट अन्यत्र सारिएको छ । 
 
सो क्षेत्र मनिलाको दक्षिणी भागमा पर्दछ । त्यहाँबाट खरानी माथि उठेको अधिकारीहरुले बताएका छन् । त्यसको आसपासमा  अर्कै खालको आवाज पनि आइरहेको छ । 
 
यो क्रम आइतबारबाट शुरु भएको हो । ताल ज्वालामुखी फिलिपिन्सको दोस्रो ठूलो सक्रिय ज्वालामुखी हो । 
 
अधिकारीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । एक हप्ता भित्रैमा खतराको अवस्था आउन सक्ने उनीहरुले अनुमान गरेका छन् । 
 
सो सम्बन्धी मामिला हेर्ने अधिकारीहरुले पनि ज्वालामुखीजन्य सुनामीको खतरा औंल्याएका छन् । 
 
ज्वालामुखीजन्य खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय बिमानस्थलपनि बन्द गरिएको छ । स्थानीय बासिन्दालाई मास्क लगाउन भनिएको छ । बीबीसी