राजकुमार ह्यारी र मेगनको अलग्गिने इच्छालाई परिवारको साथ

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
 
बेलायतकी महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलालाई लिएर सहमति जनाएकी छिन् । 
 
राजकुमार ह्यारीले पत्नी मेगनसँगै शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्ररुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको बताएका थिए । 
 
बेलायती महारानीले भनिन्, ‘राजकुमार ह्यारी र उनकी पत्नी मेगनको इच्छालाई पूर्णरुपमा समर्थन गर्छु तर उनीहरु शाही परिवारको पूर्णकालिक सदस्य बनिरहँदा राम्रो हुन्छ ।’
 
साथै महारानी एलिजावेथले आगामी दिनमा राजकुमार ह्यारीले र मेगनले यसबारेमा अन्तिम फैसला लिनेमा आफू विश्वस्त भएको बताइन् । 
 
गएको बुधबार अप्रत्याशित बयानमार्फत राजकुमार ह्यारीले आफ्नो इन्स्टाग्राम पेजमा आफू र मेगन शाही परिवारबाट अलग्गिएर स्वतन्त्ररुपमा रहन चाहेको इच्छा व्यक्त गरेका थिए । 
 
बयानमा ह्यारीले भनेका थिए, ‘हामी दुई शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहन्छौँ र आर्थिकरुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ तर महारानीलाई पनि हाम्रो समर्थन रहिरहनेछ ।’
 
उनको यस्तो बयानपछि शाही परिवारका वरिष्ठ सदस्य राजकुमार ह्यारी र मेगनसँग लगातार कुराकानी गरिरहेका छन् । 
 
महारानीको तर्फबाट जारी बयानमा भनिएको छ, ‘कुराकानीको प्रक्रियामा प्रिन्स अफ् वेल्स ९प्रिन्स चालर्स’ र ड्युक अफ् क्याम्ब्रिज अर्थात् प्रिन्स विलियम पनि सामेल छन् र यो कुराकानी निकै सकारात्मक रहेको छ ।’
 
महारानी एलिजावेथले भनिन्, म र मेरो परिवार पूर्णरुपमा ह्यारी र मेगनको इच्छालाई समर्थन गर्छौँ, जो एक युवाजोडीको रुपमा नयाँ जिन्दगी हासिल गर्न चाहन्छन् ।’ एजेन्सी