Trending :
 

आज उसिन्ने भोली खाने:

माघे संक्रान्तिः घ्यू, चाकु र तरुलको व्यापार बढ्दो (फोटोफिचर)

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
माघे संक्रान्ती पर्व मनाउँनका लागि आज पुसको अन्तिम दिन विभिन्न फलफूल उसिनेर राख्ने गरिन्छ। माघ महिनाको पहिलो दिन माघे संक्रान्ती पर्व मनाउँने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले मकर सङ्क्रान्ति पनि भनिन्छ । 
 
संक्रान्तीका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिन्छ । 
 
बजारमा अहिल घ्यू, चाकु, तिलका परिकार, तरुल तथा सखरखण्डको व्यापार बढेको छ । बजारमा संक्रान्तीका लागि किनमेल गर्नेहरुको भिड देखिन्छ । 
Image may contain: 1 person, food and outdoor
 बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । 
Image may contain: 3 people, food and outdoor
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् ।पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ ।
 
 दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।
Image may contain: 3 people, people standing, hat and outdoor
हिजोआज भने माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । 
Image may contain: 3 people, people smiling, outdoor and food
 
जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ ।
Image may contain: one or more people, food and outdoor
 
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
Image may contain: 1 person, food and outdoor