वैकल्पिक चिकित्सा विधिहरुलाई विस्तार गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
आम जनतालाई सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्न आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव नहुने भएकाले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका वैकल्पिक चिकित्सा विधिहरुलाई एकीकृतरुपमा विकास र विस्तार गर्नुपर्ने कुरामा जोड दिइएको छ । 
 
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको वैकल्पिक चिकित्साको सुदृढीकरणसम्बन्धी गोष्ठी समापनका अवसरमा वक्ताहरुले आयुर्वेदलगायत सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सा विधाहरुलाई सामूहिकरुपमा अगाडि बढाउन सकिए सबैको लागि स्वास्थ्य र मुलुकको समृद्धिमा सहयोग पु¥याउन सकिने धारणा राखेका हुन् ।
 
 आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले वर्षौँदेखि वैकल्पिक चिकित्साको अभ्यास हुँदै आए पनि कतिपयको अझै मापदण्ड बन्न नसकेकाले विभागले त्यसतर्फ कार्य थालनी गरेको र सबै विधाका प्रतिनिधिहरु सम्मिलित वैकल्पिक चिकित्सा समिति गठन गर्न लागिएको जानकारी दिए ।
 
आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा डा धनिकलाल बर्खेलले सम्पूर्ण जनतालाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सबै वैकल्पिक चिकित्साका विधाहरुको सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुए ।
 
विभागका उपमहानिर्देशक डा श्यामबाबु यादवले पनि वैकल्पिक चिकित्साका मुख्य चार विधाहरु सोवारिग्पा, होमियोप्याथी, अक्युपन्चर, प्राकृतिक चिकित्साबीच अनुभव र ज्ञान आदान-प्रदान गर्न र यस्ता उपचार विधिहरुलाई व्यवस्थितरुपमा सञ्चालन गर्न विभागले विभिन्न मापदण्ड निर्धारण, निर्देशिका तर्जुमा र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको उल्लेख गरे । 
 
विभागको आुर्वेद चिकित्सा महाशाखाका प्रमुख डा मुनकर्ण थापाले सबै वैकल्पिक उपचारका विधालाई अगाडि बढाउन नीतिगत र कानूनी व्यवस्था गर्न लागेको बताउँदै यसमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले पनि इमान्दारीपूर्वक जनतालाई स्वास्थ्य सेवा दिन सक्नुपर्ने धारणा राखेका थिए ।