राष्ट्रपतिले संविधान संशोधनको प्रस्ताव राखेपछि रुसी प्रधानमन्त्री दिमित्रीले राजीनामा दिए

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
 
रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् ।
 
राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा संशोधनको प्रस्ताव राखेपछि प्रधानमन्त्री मेदवेदेवले पदबाट राजीनामा दिएका हुन् ।
 
प्रधानमन्त्री मेदवेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले सत्ता सन्तुलनमा काफी अहम बदलाव आउने बताएका छन् ।
 
उनले संविधान संशोधनले कार्यकारी प्रमुख, मन्त्रिमण्डल र न्यायपालिका जस्ता महत्वपूर्ण अंगहरुको शक्तिमा फेरबदल आउने भएकाले आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।
 
राष्ट्रपति पुटिनले राखेको संविधान संशोधनको प्रस्तावमा जनमत संग्रह गराइने छ । जसका कारण सत्ताको शक्ति राष्ट्रपति भन्दा संसदसँग धेरै हुनेछ ।
 
राष्ट्रपति पुटिनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका मेदवेदेगलाई राष्ट्रिय सुरक्षा परिषद्को उपाध्यक्ष बनाउने निर्णय गरेका छन् ।
 
प्रधानमन्त्री मेदवेदेवको राजीनामालाई अप्रत्यासित मानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनले प्रधानमन्त्रीलाई पदबाट हटाउनुको कारण खुल्न सेकेको छैन ।
 
राष्ट्रपतिको रुपमा पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिने छ । अहिलेको संविधानबमोजिम उनी फेरी राष्ट्रपति बन्न सक्नुहुने छैन ।
 
यदि संविधानमा संशोधन गरियो भने राष्ट्रपति पुटिन सत्तामामा लामो समयसम्म रहन सक्ने बाटो खुल्ने छ । यद्यपि संसदको बार्षिक सम्बोधनमा उहाँले राष्ट्रपतिको कार्यकाल दुई पटकमा सिमित गर्ने बताएका थिए । एजेन्सी