अनियमितता गरेको आरोप लागेका राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठको पुनर्बहाली

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
निलम्बवनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली हुने भएको छ ।
 
अनियमितता गरेको आरोपमा छानविनमा परेका कारण श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।
 
छानविन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । अर्थमन्त्रालयले बुझाएको प्रतिवेदनअनुसार बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।
 
नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केही पनि नपाइएको भन्दै उनले सफाइ पाएको बताए । योसँगै डेपुटी गभर्नर श्रेष्ठलाई अब पुनर्बहाली भएर कामकाज गर्न बाटो खुला भएको छ ।