अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग अघि बढाउन सिनेटरहरुको शपथ

माघ ०३,२०७६

-

माघ ३,२०७६ काठमाडौं ।
 
अमेरिकी संसदको माथिल्लो सदन सिनेटका एक सय सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउने बारेमा बिहीबार शपथ ग्रहण गरेका छन् । 
 
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोहन रोबर्टले निस्पक्ष न्यायको लागि काम गर्ने भन्दै सिनेटरहरुलाई शपथ खुवाएका हुन् ।
 
आगामी हप्ता सिनेटरहरुले तल्लो सदन कंग्रेसले ल्याएको प्रस्तावअनुसार राष्ट्रपतिलाई पदबाट हटाउनुपर्ने नपर्ने बारेमा निर्णय गर्नेछन् । 
 
सो सम्बन्धी परीक्षण यही जनवरी २१ बाट सुरु हुने जनाइएको छ । 
 
कंग्रेसले भने यसअघि नै सो सम्बन्धी प्रस्ताव पास गरिसकेको छ । यद्यपि सिनेटमा भने राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनको बहुमत रहेको छ । बीबीसी