Trending :
 

प्रिमियर लिगः म्यान्चेस्टरलाई दुई-शून्यले हराउँदै लिभरपुल विजयी

माघ ०६,२०७६

-

माघ ६, २०७६ काठमाडौं ।
 
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा १६ अङ्कको अग्रता लिएको छ । भिर्गिल भान डाइक र मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले युनाइटेडमाथि दुई-शून्यको जित निकाल्यो ।
 
खेलको १४औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा गोलकिपर एलिसनले क्लियर गरेको बललाई मोहम्मद सलाहले गोलमा परिणत गर्दै लिभरपुललाई जित दिलाए ।
 
जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावना प्रबल बनाएको छ । २२ चरणको खेल सकिँदा लिभरपुलले ६४ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४८ अङ्क छ । 
 
पराजित भएको म्यान्चेस्टर युनाइटेड ३४ अङ्कसहित पाँचौँ स्थानमा छ ।