Trending :
 

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव- २०७६ हुने

माघ ०६,२०७६

-

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ । 
 
भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको एक कार्यक्रमका बिच जानकारी दिइएको छ । 
 
“काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नारा लिएर महोत्वसको गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिनुभयो ।