Trending :
 

क्यान्सर पीडित नवीन पाण्डेलाई २ लाख ४७ हजार सहयोग प्रदान

माघ ०७,२०७६

-

माघ ७, २०७६ काठमाडौं ।
 
 
भोजपर घर भई हाल काठमाडौँमा बस्दै आएका रगत क्यान्सरबाट पीडित १९ वर्षीया नवीन पाण्डेको उपचारको लागि एभरेष्ट सर्पोट नेपालले दुई लाख ४७ हजार ८ सय ३४ रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । 
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप कुमार थापाको प्रमुख आतित्थ्यतामा उक्त संस्थाले नविनका माता–पिता यशोदा पाण्डे र हरि बहादुर पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष थापाले नविन पाण्डेको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुलाई उपचारमा थप सहयोग गरिदिन आग्रह गरेका छन्।
कार्यक्रममा एभरेष्ट सर्पोट नेपालका तर्फबाट कार्यक्रमकी संयोजक यमुना श्रेष्ठले ‘नविन बचाउ अभियान’ मा जोडिएर आफूहरुले उक्त रकम संकलन गरेको बताईन् ।